फागुन १४ – अलकायदाका प्रमुख नेता ओसाका बिन लादेनको हत्यामा आधारित चलचित्र जिरो डार्क थर्टी फेरि विवादमा परेको छ ।
सेप्टेम्बर ११ मा ज्यान गुमाएकी विमान परिचारिकाका आफन्तले विना अनुमति उनको टेलिफोन कल रेकर्ड समावेश गरेकोमा आलोचना गरेपछि यो चलचित्र फेरि विवादमा तानिएको बीबीसीले जनाएको छ ।
चलचित्रले वर्ल्र्ड ट्रेड सेन्टरमा ठोक्किाइएको विमानको परिचारिका बेट्टी ओङ्गले एकजना विमान अधिकारीसंग गरेको टेलिफोन कुराकानी राखेपछि परिचारिकाको परिवारले आलोचना गरेको हो । बेट्टीका दाई ह्यारी ओङ्गले यो फिल्म ‘आपत्तिजनक मात्र’ रहेको बताएका छन् । उनीहरुले चलचित्र निर्माताले यस विषयमा माफी माग्नुपर्ने बताएका छन् ।
ओङ्गले विमानबाट एकजना अधिकारीसंग टेलिफोनमा २३ मिनेटसम्म कुराकानी गरेर विमान अपहरणको जानकारी गराएकी थिइन् । त्यसको रेकर्ड चलचित्रको शुरुमा नै प्रयोग गरिएको छ ।
ओस्कार अवार्डका लागि मनोनित चलचित्र जिरो डार्क थर्टीमा ओबामाको हत्या संबन्धि कथा समेटिएको छ । चलचित्रका लेखक मार्क बोअलले भने बेट्टी एन ओंङ्ग ‘राष्ट्रिय हिरो’ हो भनेका छन् । यसअघि अमेरिकी संसदले चलचित्रमा प्रयोग भएका तथ्यलाई लिएर आपत्ति जनाएको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !