Home »
national
» भौतिक योजना तथा निर्माण मन्त्रालयको नाम परिवर्तन
भौतिक योजना तथा निर्माण मन्त्रालयको नाम परिवर्तन
काठमाडौँ फागुन १०
सरकारले भौतिक योजना तथा निर्माण मन्त्रालयको नाम परिवर्तन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय राखेको छ । यातायात व्यवसायीले छुट्टै मन्त्रालयको माग गरिरहेका बेला आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले नाम परिवर्तन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय राखेको हो । यस्तै, सरकारले साना किसान तथा घरेलु उद्योगीलाई ऋण मिनाहा सम्बन्धि कार्यबिधि संसोधन गरेको छ । त्यस्तै , ओमान र बहराईनमा दूतावास खाल्ने निर्णय पनि बैठकले गरेको छ ।
काठमाण्डौंको मण्डिखाटारमा रहेको गिरिजाप्रसाद कोईराला फाउण्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेण्टको नाममा पारित हुने दानपत्रको लिखतमा लाग्ने रजिष्ट्रेसन दस्तुर २९ लाख ६६ हजार ८५ रुपैयाँ अनुदान गर्ने निर्णय गर्दै सरकारले सो फाउण्डेसनलाई ५० बिगाहासम्म जग्गा खरिद गर्न अनुमति दिएको छ । सरकारले पशु चिकित्सा परिषद्को अध्यक्षमा डाक्टर धनराज खनाल र रजिष्टारमा डाक्टर नारायणप्रसाद घिमिरेलाई नियुक्त गरेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !