काठमाडौं फागुन ६
अर्जेन्टिनी स्टार लिओनल मेस्सीले स्पेनिस जाइन्ट बार्सिलोनाका लागि ३ सय १ गोल गरेका छन् ।
स्पेनिस ला लिगा फुटबलमा शनिबार राति गर्नाडाविरुद्ध बार्सिलोनाले २–१ को जित निकाल्दा दुबै गोल मेस्सीले गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा अग्रता भने गर्नाडाले लिएको थियो ।२६ औं मिनेटमा ओडिनले गोल गर्दै गर्नाडालाई अग्रता दिलाए ।
खेलको ५० औं मिनेटमा मेस्सीले बार्सिलोनाका लागि ३ सय औं गोल गरे भने ७३ औं मिनेटमा ३ सय १ औं गोल गरे । खेलको अन्तिममा वान भर्सेज वानमा गोल गर्न चुक्दा उनले ह्याट्रिक गर्न पाएनन् ।
जितसँगै बार्सिलोनाको २४ खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको ५० अंक छ भने तेस्रो स्थानमा रहेको डिफेण्डिङ च्याम्पियन रियल मड्रिडको ४६ अंक छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !