Headlines News :
Home » » राष्ट्रपतिले सबैलाई डाके

राष्ट्रपतिले सबैलाई डाके


काठमाडौं, फागुन ६
राष्ट्रपति रामवरण यादवले विघटित संविधानसभाका सबै दललाई सोमबार शीतल निवास बोलाएका छन् । राष्ट्रपतिले समेत बेवास्ता गरेको साना दलले गुनासो गरिरहेका बेला राष्ट्रपतिले सबैलाई डाकेका हुन् । प्रमुख चार दल प्रधान न्यायाधीश नेतृत्वमा चुनावी परिषद गठन गर्न सहमत भएपछि राष्ट्रपतिले अन्य दलको राय बुझ्न लागेका हुन् ।

प्रधान न्यायाधीश नेतृत्वको सरकार गठन गर्न राष्ट्रपतिलाई आइतबार औपचारिक प्रस्ताव गर्ने चार दलको तयारी छ। उनीहरूकै परामर्शका आधारमा राष्ट्रपतिले विघटित संविधानसभाका सबै दललाई बोलाउन लागेको स्रोतले बतायो। सबै दल भेला हुनुअघि आइतबारै चार दलसँग राष्ट्रपतिले छलफल गर्ने कार्यक्रम छ। 'पर्सि विघटित संविधानसभाका सबै दललाई शीतल निवास बोलाउने कुरा भएको छ,' एकीकृत माओवादी महासचिव पोष्टबहादुर बोगटीले शनिबार पत्रकारहरूसँग भने, 'समय तय भएको छैन।'

अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम राष्ट्रिय सहमतिको सरकार गठनका लागि मंसिर ८ गते दललाई आह्वान गरेका राष्ट्रपति यादवले सबै दलको रायपछि मात्र औपचारीकता दिने तयारीमा छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com