Headlines News :
Home » » बन्दूक बोकेका तस्करहरुले वन रक्षकलाई नाङ्गै बनाई लुगा जलाइदिए

बन्दूक बोकेका तस्करहरुले वन रक्षकलाई नाङ्गै बनाई लुगा जलाइदिए


सर्लाही, फागुन १० - सागरनाथ वन परियोजनाका दुई वन रक्षक बन्दुकधारी तस्करको आक्रमणमा परी घाइते भएका छन्। तस्करहरुको आक्रमणमा कमलेश महातो र अशोक महतो गमिभर घाइते भएको सागरनाथ वन परियोजना प्रमुख हेमलाल अर्यालले बताए। 

हतियारसहित १० जनाको समुहमा आएको तस्करहरुले रक्षकको सम्पुर्ण कपडा खोल्न लगाएर एक घण्टा भन्दा बढी यातना दिएर कपडा जलाउनुको साथै बन्दुकको छेउले टाउकोमा हानेर घाइते बनाएको वन कर्मचारीहरुले बताएका छन्।
हतियारसहित १० जनाको समुहमा आएको तस्करहरुले बुधबार मध्यरात सागरनाथ वन परियोजना अर्न्तगत महोत्तरीको बेलगाछि-८ कुसमाडी ढल्के रेञ्ज पोष्टमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

तस्करहरुको आक्रमणमा कमलेश महतो र अशोक महतो गम्भीर घाइते भएको सागरनाथ वन परियोजना प्रमुख हेमलाल अर्यालले बताए।

घाइते कमलेश महतोको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा गहिरो चोट लागेको छ। उनको उपचार बर्दिबासमा सम्भव नभएपछि थप उपचारका लागि बाहिर पठाइएको छ। भरुवा बन्दुकसहित आएका तस्करहरुले फायरिङ्गसमेत गरेका थिए।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com