Headlines News :
Home » » रंगशालामा राखी सावन्त नाच्ने

रंगशालामा राखी सावन्त नाच्ने


काठमाडौं, फागुन १०

बलिउड अभिनेत्री राखी सावन्त नेपाल आउने भएकी छन्। आगामी चैत १७ मा राजधानीको दशरथ रंगशालामा हुने 'बलिउड म्युजिक एन्ड मस्ती' नामक कार्यक्रममा उनले नृत्य प्रस्तुत गर्न लागेकी हुन्।
विपनाज मिडियाले गर्न लागेको कार्यक्रममा राखीसहित कमेडी जोडी कृष्णा अभिषेक र सुदेश लेहरी पनि सहभागी हुनेछन्। त्यस्तै पाँचौं इन्डियन आइडलमा टप फाइभभित्र पर्न सफल गायिका भूमि त्रिवेदीले गीत सुनाउनेछिन्।

राखी हाल मुम्बईभन्दा बाहिर भएकीले प्रमोसनल भिडियो बनाउन नसकिएको आयोजक भरतकुमार शाहीले बताए। कार्यक्रमका लागि राखीलाई १२ लाख भारु पारिश्रमिक दिन लागिएको शाहीको दावी छ। सन् १९९७ मा 'अग्नीचक्र' नामक फिल्मबाट अभिनय थालेकी राखीले सन् २००५ मा 'परदेशिया' बोलको रिमिक्स भिडियोबाट चर्चा कमाएकी हुन्।
भारतीय कलाकारको ३१ सदस्यीय टोली काठमाडौंमा कार्यक्रमको अघिल्लो दिन आइपुग्नेछन्। राखीले आठ महिला र आठ पुरुष नृत्य टोलीसँग मिलेर दर्शकको फर्माइस अनुसार आधा दर्जनभन्दा बढी आइटम पस्किनेछिन्। कमेडी सर्कसका जोडी कृष्णा र सुदेशले तीनवटा प्रहसन र स्ट्यान्ड अप कमेडी देखाउने कार्यक्रम छ। भूमि र गायक राजदीपले भारतीय वाद्यवादकको टोलीको सहयोगमा एक-एक दर्जन गीत गाउनेछन्।

नेपालको तर्फबाट जितु नेपाललगायत कलाकार तथा अभिनेत्रीहरुले प्रस्तुति दिनेछन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बलिउडका कलाकारसँग प्रस्तुति दिन पाएकोमा जितुले खुसी प्रकट गरे।
आयोजकले एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँका तीन किसिमका टिकट जारी गरेको छ। टिकटको बिक्री नयाँ बानेश्वर डिपार्टमेन्टल स्टोरबाट सुरु गरिनेछ।
उक्त स्टोरमा पाँच हजार रुपैयाँभन्दा बढी मूल्यको किनमेल गर्ने ग्राहकमध्ये हरेक दिन चार जनालाई र बानेश्वरकै बादशाह रेस्टुरेन्टमा पाँच हजारभन्दा बढी खर्च गर्ने प्रत्येक ग्राहकलाई कार्यक्रमको टिकट निःशुल्क प्रदान गरिनेछ। त्यस्तै बिक्री भएका टिकटमध्ये १५ भाग्यमानी ग्राहकलाई राखी सावन्तसँग लन्च गर्ने अवसर दिइने आयोजकको योजना छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com