झापा, फागुन १६ – झापाको सुरुंगामा परिचय नखुलेका मानिसको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । बिर्तामोडबाट सुरुंगातर्फ आइरहेका मनी ट्रान्सफर व्यवसायी अशोक पोखरेल परिचय नखुलेका मानिसको गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ ।
पेटमा गोली लागेका पोखरेलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
सुरुंगामा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्ने पोखरेलको साथबाट गोली हान्ने समुहले ६ लाख ९६ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !