Headlines News :
Home » » एकै पटकमा ३ छोरा जन्मिए

एकै पटकमा ३ छोरा जन्मिए


ताप्लेजुङ, फागुन १६ - ताप्लेजुङ जिल्लाको पूर्वी आम्बेगुदिन गाउँ विकास समितिकी एक महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छन् ।

आम्बेगुदिन गाविस वडा नं. १ बाबाङ बस्ने २० वर्षिया सालिना चौहानले मङ्गलबार तिम्ल्याहा छोरालाई जन्म दिनु भएको हो ।

तिम्ल्याहा मध्ये पहिलो शिशु मङ्गलबार बिहान ११:३५ बजे चौहानको कोखबाट घरैमा जन्मिएको तथा दोस्रो र तेस्रो शिशु बेलुकी ५:१५ बजे तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिएका चौहानका श्रीमान विष्णु चौहानले जानकारी दिनुभयो ।

चौहानका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रले तिम्ल्याहा शिशु जन्मिएकाले केही समस्या आउन सक्ने भन्दै अस्पताल लैजान सल्लाह दिएपछि जिल्ला अस्पताल ल्याइएको छ ।

आमा र शिशुहरुको स्वास्थ्य सामान्य भएको जिल्ला अस्पतालका डाक्टर अनिल चौधरीले बताउनुभयो ।

उहाँले बच्चाको अवस्था सामान्य भएपनि आवश्यकता भन्दा कम तौल अर्थात दुई वटा शिशुको एक किलो छ सय ग्राम र एउटाको एक किलो ३ सय ३५ ग्राम मात्र भएकाले केही साता सम्म अस्पतालमै राख्नुपर्ने बताउनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com