Headlines News :
Home » » आउँदो ब्रजिल विश्वकपमा औपिचारिक रुपमै गोल लाइन प्रविधीलाई प्रयोग गर्ने

आउँदो ब्रजिल विश्वकपमा औपिचारिक रुपमै गोल लाइन प्रविधीलाई प्रयोग गर्ने


एजेन्सी, फागुन ८ 
विश्व फुटबल महासंघ फिफाले सन् २०१४ को ब्रजिल विश्वकपमा औपिचारिक रुपमै गोल लाइन प्रविधीलाई प्रयोग गर्ने भएको छ । पहिलो पटक क्लब र उमेर समुहको फुटबलमा परिक्षण गरिएको सो प्रविधीलाई विश्वकप र यही बर्ष हुने कन्फिडिरेसन कपका खेलमा पनि प्रयोग गरिने फिफाले जनाएको हो ।
विद्यमान नियम अनुसार बलले गोल लाइन पार गर्दा गोलको निर्णय रेफ्रिले आँखाले देखेकै भरमा गर्नु पर्छ । फिफाले हके र गोल रेफ नामका दुई प्रविधीलाई यसअघि नै अनुमति दिएपनि अन्य प्रविधीकालागि समेत टेण्डर आह्वान गरेको छ । विगतमा बलले गोल लाइन पार गरेको निर्णय लिंदा रेफ्रिहरु केहि अवसरमा चुकेपछि फिफाले आलोचना खेप्नु परेको थियो । पछिल्लो पटक साउथ अफ्रिकामा भएको विश्वकपपछि गोल लाइन प्रविधीको आवश्वकताबारेको बहस चुलिएको थियो । 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com