नायिका निता ढुंगानालाई मातृशोक परेको छ । उनको आमाको आज बिहान हेटौडामा निधन भएको हो । लामो समयदेखि दमको रोगले पिडित आमाको निधन भएपछि निता चलचित्र ‘दबाब’ को छायांकन छोडेर घर पुगेकी छिन् ।
चलचित्र ‘दबाब’ को छायांकन हेटौडाको कमने जंगलमा भइरहेको थियो । कमने जंगलबाट निताको घर पुग्न आधा घन्टा लाग्छ ।
निता घर पुगेपनि उनका पिता भने बन्दका कारण काठमाण्डौबाट हेटौडा जान पाएका छैनन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !