हेटौंडा, फागुन ६ - मकवानपुरमा चट्याङ लागेर २ बालबालिका सहित ३ जनाको ज्यान गएको छ ।
मकवानपुरको काकडा गाविसमा आइतवार दिउँसो साढे ४ बजेतिर परेको चट्याङ्बाट स्थानीय ३ बर्षकी अनुपा सिंह, १० बर्षका सुजन मोक्तान र ४५ बर्षकी आस्थामाया मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।
चट्याङ परेको स्थान सदरमुकाम हेटौंडाबाट टाढा भएका कारण थप जानकारी आउन नसकेको प्रहरीले जनाएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !