Headlines News :
Home » » वेलायतमा कण्डोम प्रयोग गर्नेको संख्या घट्यो

वेलायतमा कण्डोम प्रयोग गर्नेको संख्या घट्यो


फागुन ६
वेलायतमा कण्डोम प्रयोग गर्नेको संख्या घटेको एक अध्ययनले देखाएको छ । कण्डोम प्रयोग गर्नेको संख्या बटेसँगै त्यहाँ एचआइभी एड्स संक्रमितको संख्या बढेको छ ।

वेलायती स्वास्थ्य सुरक्षा सम्बन्धी काम गर्ने संस्था एचपिए र केही विश्वविद्यालयले गरेको अध्ययनमा सुरक्षित सम्बन्धका लागि सुझाव दिईएको छ ।

अध्ययनका अनुसार सन् १९९० देखि २०१० को बीचमा बिना कण्डोम शारिरीक सम्बन्ध राख्ने समलिङ्गी पुरुषहरुमा एचआइभी संक्रमणको दर २६ प्रतिशतले बढेको छ । सन् २०११ मा वेलायतभर ६ हजार २ सय ८० जनामा एचआइभी संक्रमण देखिएको थियो । जसमध्येका आधी समलिङगी छन् ।

अध्ययनका अनुसार एचआइभी र एड्स संक्रमितले प्रयोग गर्ने औषधि एन्टि रेट्रो भाइरल अर्थात एआरभीका संक्रमणको दर धेरै उच्च रुपमा भने बढेको छैन । एआरभी नभएको भए एचआइभी संक्रमणको दर ६८ प्रतिशतले बढ्ने थियो ।
- एजेन्सीको सहयोगमा
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com