Headlines News :
Home » » रुसमा खगोलिय पिण्ड खस्दा ५ सय १४ घाइते (भिडियोसहित)

रुसमा खगोलिय पिण्ड खस्दा ५ सय १४ घाइते (भिडियोसहित)

एजेन्सी, फाल्गुन ५ - रुसको युराल्स पर्वतमा चम्किलो खगोलिय पिण्ड खस्दा कम्तिमा ५ सय १४ जना घाईते भएका छन् । आकाशबाट ज्वालासहित खसेको सो पिण्डले जमीनमा ठूलो कम्पन ल्याउनुका साथै ब्यापक मात्रामा घरका सिसाहरु फुटाएको रसियाली अधिकारीहरुले जनाएका छन् । 


सो घटनामा घाईते भएकाहरु मध्ये सामान्य चोटपटक लागेकादेखि टाउकोमा गम्भीर चोट लागेका समेत छन् । मध्य रुसको याकाटेरिनबर्ग शहरमा आकाशबाट आगोको डल्लो खस्दै आएर चेवारकुल बजार नजिकको ताल क्षेत्रमा बजारिदा ठुलो आवाज आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाईते हुनेहरु धेरै चेल्यामिनिस्क विद्यालयका छात्रछात्रा छन् ।
पिण्ड बजारिदाको कम्पनले विद्यालय क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ । पिण्ड खस्दा सुरुमा ठूलो आवाज आएर विस्फोट भएको र पछि साना खाले विस्फोट भएको बताईएको छ । 

सो समयमा सुरुमा रातपरे जस्तो अध्यारो भए पनि विस्फोट भएपछि निकै उज्यालो देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पश्चिमी साईबेरियन क्षेत्रमा पनि निकै धेरै मात्रामा धुलो बर्षा भएको रुसी अधिकारीहरुको जनाएका छन् । 
घटनापछि सयौं संख्यामा सुरक्षाकर्मी र उद्धारकर्ताहरु परिचालन गरिएको छ । रुसी सेनाले चेवारकुल ताल क्षेत्रमा ६ मीटर फराकिलो अबशेष फेला परेको जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला...









कृपया यहाँलाई यो पेज मन परेमा सेयर गर्न नभुल्नुहोला !
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com