पोखरा, फागुन ५
पोखरामा फागुन १६ देखि २१ गतेसम्म १४ औं अन्तराष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता हुने भएको छ । पोखरालाई अन्तराष्ट्रिय पर्यटन गन्तव्यका रुपमा विकसित गर्ने उद्देश्यले नेपाल हवाई खेलकुद संस्थाले प्रतियोगिता गर्न लागेको हो ।
यसअघि १३ औं पटकसम्म अनौपचारिक रुपमा प्रतियोगिता आयोजना गर्दै आएको संस्थाले यो बर्षदेखि औपचारिक रुपमै अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष राजेश वमजनले जानकारी दिनुभयो । विभिन्न २५ देशका १ सय ५० भन्दा बढी पाईलटहरु सहभागि हुने प्रतियोगितामा सिरियल क्लास र स्पोर्टस् क्लास गरी दुई तहमा खेलाईनेछ ।
सिरियल क्लासमा पहिलो श्रेणीका अन्तराष्ट्रिय पाईलटहरुलाई सहभागि गराईनेछ भने स्पोर्टस् क्लासमा सामान्य तहका पाईलटहरुले प्याराग्लाईडिङ्ग गर्नेछन् ।
स्पोर्ट ल्याण्डिङ, रफ ल्याण्डिङ, बेष्ट एक्रोबेटिक, बेष्ट ट्याण्डम फ्लाईट लगायतका विधामा पनि प्याराग्लाईडरहरुबीच प्रतिस्पर्धा गराईनेछ ।
प्रतियोगितामा नेपालका झण्डै ४० जना प्याराग्लाईडर पाईलटहरुले सहभागिता जनाउने भएका छन् । सिरियल क्लासतर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै स्पोर्टस् क्लासतर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पाउनेछन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !