Home »
politics
» दलहरुबीच सहमति भए चुनावी सरकारको नेतृत्व गर्न प्रधानन्यायाधीस तयार: प्रधानमन्त्री भट्टाई
दलहरुबीच सहमति भए चुनावी सरकारको नेतृत्व गर्न प्रधानन्यायाधीस तयार: प्रधानमन्त्री भट्टाई
गोरखा, फागुन ८
प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुबीच सहमति भए चुनावी सरकारको नेतृत्व गर्न प्रधानन्यायाधीस तयार भएको बताउनुभएको छ । आफु प्रधानन्यायाधीस खिलराज रेग्मीसंग निरन्तर सम्पर्कमा रहेको जनाउँदै प्रधानमन्त्री भट्टराईले केहि शक्ति प्रधानन्यायाधिसलाई बढी बिबादमा तानेर सहमति भाँडन लागिपरेको बताउनुभयो ।
गोरखाको थालजुंग गाविस स्थित आहाल भन्ज्याङ माविको हिरक महोत्सवमा सहभागी हुन पुगेका प्रधानमन्त्री भट्टराईले संचारकर्मीसंग दलहरुबीच सहमति भए प्रधानन्याधिस चुनावी सरकारको नेतृत्व लिन तयार भएको बताउनुभयो । सत्यनिरुपण तथा मेलमिलाप आयोगको बिषयवस्तु, नागरिकता, मतदाता नामावली लगायतका बिषयमा पनि दलहरुबीच सहमति जुटिसकेको भन्दै उहाँले पर्सीसम्म सहमतीय सरकार बन्ने दावी गर्नुभयो ।
Labels:
politics

0 comments:
Speak up your mind
Tell us what you're thinking... !