Headlines News :
Home » » एसिसी टी ट्वान्टी क्रिकेटको तयारी तिब्र

एसिसी टी ट्वान्टी क्रिकेटको तयारी तिब्र

काठमाडौ, फागुन १०
नेपाल क्रिकेट संघ क्यानले चैत १३ गतेदेखि काठमाडौमा हुने एसिसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी तिब्र पारेको छ ।
अहिले फिल्डमा पीचको काम र पर्खाल मर्मतको काम  भैरहेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । अबको दश दिन भित्रमा लगभग सबै तयारी पूरा हुने प्याकुरेलको भनाई छ ।
विभिन्न दश देश सहभागी हुने प्रतियोगिता कीर्तिपुर मैदान र इन्जिनियरिङ कलेजको मैदान पुल्चोकमा सञ्चालन गरिनेछ । यसपटक क्रिकेट हेर्नका लागि पहिलो पटक टिकटको ब्यवस्था पनि गरिएको छ ।
दर्शकबाट उठाएको रकमबाट मैदान व्यवस्थापन गर्ने क्यानको तयारी छ । कीर्तिपुर मैदान अहिले आकर्षक बनाइएको छ । प्रतियोगितामा नेपाल सहित अफगानस्तान, यूएई, मलेशिया, हङकङ, ओमन, कुवेत, माल्दिभ्स, सिंगापुर र बहराइन सहभागी हुनेछन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com