Headlines News :
Home » » बिनालाई बेस्याको भूमिका !!

बिनालाई बेस्याको भूमिका !!


एजेन्सी, फाल्गुन १ । पाकिस्तानी मोडल तथा अभिनेत्री विना मलिकले चर्चामा रहन लाज–सरम सबैलाई यसअघि नै त्यागिसकेकी छिन् । कहिले विना चुम्बन गरेर ‘रेकर्ड’ राख्ने कुरा गर्छिन्, कहिले उनको पोर्न एमएमएस ‘लिक’ हुन्छ त कहिले उनी फिल्ममा ‘डर्टी’ भूमिकामा देखिन्छिन् । त्यस्तै उनको न्यूड फोटोसुट पनि पूरानै कुरा हो ।

अहिले भने पुनः एकपटक विना चर्चामा छिन् । विनाको अहिलेको चर्चा भने उनको हिन्दी फिल्म ‘जिन्दगी ५०–५०’को कारण भएको बताइन्छ । जसमा विनाले ‘माधुरी’ नामक यौनकर्मी युवतीको भूमिका निर्वाह गरेकी जनाइएको छ । 


जसमा विनाको भूमिका निकै ‘बोल्ड’ रहेको जनाइएको छ । विनाले सोही फिल्ममा आफ्नो भूमिकालाई सजिवता प्रदान गर्न हालैमा यौनकर्मीहरुसँग भेट गरेकी छिन् । त्यस्तै उक्त फिल्मको ‘फस्र्ट लुक’ हालैमा सार्वजनिक समेत गरिएको छ । जसमा विनाको उपस्थित निकै बोल्ड छ । 

सोही मध्येको एक दृष्यमा विना ‘ब्याकलेस’ देखिएकी छिन् भने उनले निकै ‘हट’ चुम्बन दिईरहेकी समेत दृष्यमा देख्न सकिन्छ । विनाले भने फिल्ममा आफ्नो भूमिका बोल्ड भन्दा पनि यथार्थवादी भएको जिकिर गरेकी जनाइएको छ । फिल्ममा रिया सेन लगायतको अभिनय रहेको बताइएको छ ।

यसअघि हालैमा आएको विनाको कन्नड फिल्मको फस्र्ट लुक पनि बलिउडमा चर्चामा रहेको बताइन्छ । बलिउड फिल्म ‘द डर्टी पिक्चर’को कन्नड रुपान्तरणको उक्त फिल्ममा पनि विनाले निकै मादक दृष्य दिएको जनाइएको छ । जसका कारण विनाले आलोचना खेप्न बाध्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com