Headlines News :
Home » » पशुपतिनाथको चन्दा बाकसबाट पैसा चोरी

पशुपतिनाथको चन्दा बाकसबाट पैसा चोरी


काठमाडौँ, फागुन ६ - पशुपतिनाथको मन्दिर परिसरभित्र राखिएको चन्दा बाकसबाट पैसा चोरी भएको छ। मन्दिर परिसरको पूर्वोत्तरतर्फको बुढानीलकण्ठ मन्दिर नजिकै चन्दा बाकसबाट पैसा चोरिएको हो। 

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले गएराति करिब १२ बजे रुद्र गारेश्वर महादेवको ढोकातिरबाट दुई जना चोर आएर सो बाकस फुटाएर पैसा लगेको सिसी टिभीबाट पत्तालागेको बताए ।

सिसिटिभीमा १२ बजेर २८ मिनेट पछिको करिब १५ मिनेटको दृश्य कैद भएको छ। त्यसमा चोरहरुले मुख छोपेर चोरी गरेको र उनीहरु सूर्यघाट हुँदै बेपत्ता भएको दृश्य पनि परेको छ।

उनले सो बाकसमा करिब रु ३० देखि ४० हजारसम्म हुन सक्ने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायतको उच्च अनुसन्धान व्यूरोले यस घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com