Headlines News :
Home » » मुख्य दलको छलफल फेरी पनि निष्कर्षमा पुगेन

मुख्य दलको छलफल फेरी पनि निष्कर्षमा पुगेन


काठमाडौं, फागुन ६ - चुनावी सरकार गठन गर्ने विषयमा मुख्य दलहरुबीच आइतवार भएको छलफल पनि निष्कर्षमा पुग्न सकेन ।
दिनभरी मुख्य दलले गठन गरेको कार्यदलको प्रयास र शिर्ष नेताहरुबीच भएको छलफल पनि निष्कर्षमा पुग्न नसकेको हो ।
तर कार्यदलले धेरैजसो बुँदाहरुमा सहमति नजिक पुगेको भन्दै सोमवार बिहान १० बजेसम्म प्याकेजमै सहमतिको दस्तावेज तयार गर्ने जनाएको छ ।
शितल निवासमा पत्रकारसँग कुरा गर्दै कार्यदलका सदस्य कांग्रेस नेता विमलेन्द्र निधिले धेरै बुँदाहरुमा सहमति नजिक पुगेको र बाँकी बुँदाहरुमा सोवमर बिहान १० बजेसम्म सहमति गरिसक्ने दावी गर्नुभयो ।
एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचनले कार्यदलको व्यस्तताका कारण आइतवार मुख्य दलका शिर्ष नेताको औपचारिक बैठक नै बस्न नसकेको बताउनुभयो ।
उहाँले अनौपचारिक रुपमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति भइसकेको भन्दै प्याकेजमा सहमतिका लागि कार्यदलको सुझाव पर्खिएको बताउनुभयो । नेता शेरचनले दलहरुको छलफल विधि र प्रकृयामा केन्द्रीत रहेको भन्दै सोमवार सहमति हुने दावी गर्नुभयो ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सोमवार राष्ट्रपतिसँगको सर्वदलीय छलफलमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका बारेमा अन्तिम टुङ्गो लाग्ने बताउनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com