काठमाडौं, फागुन ६
सहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आइतवार भएका खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ ।
शसस्त्र प्रहरी बलको खेल मैदान, हल्चोकमा भएको खेलमा सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १–० ले पराजित गरेको छ । सातदोबाटो युवा क्लबको तर्फबाट बिजय घलेले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए ।
यसअघि आइतवार भएको पहिलो खेलमा युनाईटेड युथ क्लब र च्यासल युवा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । च्यासल युवा क्लबको तर्फबाट कमलेस चौधरीले खेलको १८औं मिनेटमा गोल गरेका थिए भने युनाईटेड युथ क्लबको तर्फबाट सुजित बुढाथोकीले ५४ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
सोमवार पहिलो खेल १०:३० बजे विरगंज युथ एकेडेमी र महावीर स्टडिज एण्ड एथलेटिक्स ए. तथा दोश्रो खेल १२:३० बजे काठमाडौं क्लब र सामाजिक युवा क्लब र अन्तिम तथा तेश्रो खेल व्वाईज युनियन क्लब र टुसाल क्लब बिच बिच हुने छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !