'मदनपोखरा विशाल लोकतारा- २०६९' को उपाधि सुनिता विश्वकर्मा तथा कृष्ण रानाभाटले हात पारेका छन् । उनीहरूले २ सय १४ प्रतिस्पधीर् लाई पछि पार्दै उपाधि हात पारेका हुन्। 'लोकतारा' भएलगत्तै उनीहरूले सांगीतिक एल्बम निकाल्न विशाल डिजिटल प्रालि काठमाडांैका तर्फबाट ६० हजार रुपैयाँ बराबरको 'कन्ट्रयाक्ट' पाए। कार्यक्रममा उत्कृष्ट आठभित्र पर्नेले यसअघि नै एउटा एल्बम निकालिसकेका छन्। छैटौं चरणसम्म २ सय ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै सातौं चरणमा ६ जनाबीच प्रतिस्पर्धा गराइएको थियो ।
प्रतिस्पर्धीहरूलाई सुस्त र तीव्र संगीतमा गीत गाउन लगाइएको थियो। कार्यक्रममा उपस्थित दर्शकले मन परेका कलाकार छनौट गर्न मतदानसमेत गरे का थिए। कार्यक्रममा हास्यकलाकार किरण चित्रकार तथा नारायण बस्यालले दर्शकहरूलाई पेट मिची-मिची हँसाए।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !