Headlines News :
Home » » फिफा वरियतामा नेपाल चार स्थान तल झर्‍यो

फिफा वरियतामा नेपाल चार स्थान तल झर्‍यो


काठमाडौं फागुन ३
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको बरियातामा नेपाल ४ स्थान तल झरेको छ । गत साता मात्र पाकिस्तानसँग भएका दुवै खेल हारेको नेपाल १ सय ७४ औं स्थानमा पुगेको छ ।

नेपाललाई हराउने पाकिस्तान भने १९ स्थानको फड्को मार्दै १ सय ७० औं स्थानमा पुगेको छ । दक्षिण एशियाली क्षेत्रमा पाँचौं स्थानमा रहेको नेपालको यो वरियता सन् २०११ को फेबु्रअरी यताकै सवैभन्दा खराव वरियता हो । त्यतिबेला पनि १ सय ७४ औं स्थानमा रहेको नेपाल थियो ।

सन् २०११ को सेप्टेम्बरमा १ सय ३५ औं स्थानमा पुगेको थियो । त्यसपछि भने नेपालको वरियता निरन्तर ओरालो लागिरहेको छ । सन् १९९३ मा १ सय २४ औं स्थानमा रहेको नेपाल सन् २००८ को मार्चमा भने १ सय ८८ औं स्थानमा थियो  ।

दक्षिण एशियाली क्षेत्रको माल्दिभ्स १ सय ५९ औं स्थानमा छ । भारत १ सय ६७ औं, बंगलादेश १ सय ६९ औं, अफगानिस्तान १ सय ८९ औं, श्रीलंका १ सय ९३ औं र भुटान २ सय ७ औं स्थानमा छन् ।

पहिलो स्थानमा स्पेन, दोश्रो स्थानमा जर्मनी र तेश्रो स्थानमा अर्जेन्टिना कायम छन् भने एशियाली क्षेत्रको शीर्ष स्थानमा रहेका जापान २८ औं स्थानमा छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com