Headlines News :
Home » » समर्थकको शुभकामना बोकेर पूर्वराजारानी बैंककतिर

समर्थकको शुभकामना बोकेर पूर्वराजारानी बैंककतिर


१६ फागुन, काठमाडौं । हृदयघातका कारण एक हप्तादेखि सिकिस्त भएका छोरालाई भेट्न पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल बैंकक जानुभएको छ । बुधबार अपरान्ह १:५५ को उडानमा उहाँहरु बैंककतर्फ लाग्नुभएको हो । साथमा पारसपुत्र हृदयेन्द्र, छोरी पूणिर्का र कृतिका पनि हजुरबा-हजुरआमासँगै बैंकक गएका छन् । विमानस्थलमा पत्रकारलाई छोटो प्रतिकृया दिँदै पूर्वराजा ज्ञानेन्द्रले सबैको शुभकामना बोकेर आफू बैंकक जान लागेको बताउनुभयो ।

‘छोराको अवस्था अहिले पनि स्थिर र चिन्ताजनक छ’ भावुक मुद्रामा ज्ञानेन्द्रले भन्नुभयो-’सबैले चासो र चिन्ता व्यक्त गर्नुभएको छ, सबैप्रति मेरो र मेरो परिवारको तर्फबाट धन्यवाद छ ।’ज्ञानेन्द्रले यस्तो बेला भगवानको भरोसा र चिकित्सकको विश्वास लिनुपर्ने बताउनुभयो । ‘म गएर छोराको स्थिति बुझ्छु, चिकित्सकसँग पनि कुरा गर्छु’ उहाँले भन्नुभयो-’सबैतिर पूजापाठ भैरेको छ, यस्तोबेला भगवानको भरोसासँगै चिकित्सकको क्षमतामा विश्वास पनि लिनुपर्छ ।’ उहाँले पारसको स्वास्थ्यको लाभका लागि प्रार्थना गरिदिन सबैसँग अनुरोध पनि गर्नुभयो ।

पूर्व युवराज पारसको स्वास्थ्यमा अझै सुधार हुन नसकेपछि छोरालाई भेट्न पूर्व राजारानी नातिनातिना लिएर बैंककतर्फ जानुभएको हो । पूर्व युवराज्ञी हिमानी र पूर्व राजपरिवारका अरु नातेदार यसअघि नै बैंकक गएका   छन् । पारसको बैंककस्थित समितिभेज अस्पतालमा उपचार भैरहेको छ ।

समर्थकद्वारा विदाइ र कामना

गम्भीर बिरामी भएका पारसको स्वास्थ्य लाभको कामना गर्दै आएका राजावादीहरुले बुधबार निर्मल निवास र विमानस्थलमा प्रदर्शन गरेका छन् । पूर्व राजारानीलाई फूलमालाले बिदाई गर्दै उनीहरुले पारसको स्वास्थ्यका लाभको कामना गरेका हुन् । उनीहरुले राजतन्त्रको पक्षमा चर्का नाराबाजी समेत गरेका थिए ।
पूर्व राजाको बिदाइ र पारसको स्वास्थ्य लाभको कामना गर्न राप्रपा नेपाल, बिश्व हिन्दू महासंघलगायत राजावादीहरुको निर्मल निवास र विमानस्थलमा बाक्लो उपस्थिति थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com