१६ फागुन, काठमाडौं । चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा ३–१ को जित निकालेको रियल मड्रिड समग्रमा ४–२ ले विजयी भयो । यसअघि पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।
बार्सिलोनालाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो नायक बने । नाउ क्याम्पमा भएको खेलमा रिलयले १३ औं मिनेटमा नै अग्रता लियो । जेरार्ड पीकेले रोनाल्डोलाई फल गरेपछि रियलले पेनाल्टी पयो र रोनाल्डो चुकेनन् । त्यसको २ मिनेट पछि नै बार्सिलोनाका लिओनल मेस्सीको प्रहार बारभन्दा केही बाहिर गयो । पहिलो हापको अन्त्यमा पाएको फ्रि किकमा उनको प्रहार मानव बारमा लागेर फर्किएपछि बार्सिलोनाले खेललाई बराबरीमा फर्काउने अर्को मौका गुमायो ।
दोस्रो हापको ५७ औं मिनेटमा फेरि रोनाल्डोले नै रियलका लागि गोल गरे । डि मारियाको प्रहार बार्सिलोनाका रक्षक पिन्टोले क्लियर गर्न नसक्दा रोनाल्डोले गोल गरेका हुन् । ६८ औं मिनेटमा रियलले तेस्रो गोल ग¥यो । खेलको ८९ औं मिनेटमा बार्सिलोनाका अल्बाले गोल गरेपनि हार टार्न सकेनन् ।
अब उपाधीका लागि रियल मड्रिडले एथ्लेटिको मड्रिड र सेभिल्लाबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा एल्थेटिको २–१ ले विजयी भएको थियो भने दोस्रो लेग आज हुनेछ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !