काठमाडौँ फागुन १४
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ७ सय ११ टोले गुण्डालाई पक्राउ गरेको छ । युवा सुधार अभियान अन्तर्गत सार्वजनिक स्थानमा होहल्ला गर्ने, गल्लीमा बसेर लागुऔषध सेवन गर्ने, महिलामाथि दुव्र्यवहार गर्ने लगायत गतिविधीमा संलग्न उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिषर हनुमानढोकाका उपरिक्षक उत्तम सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेका युवाबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै उहाँले विगतमा आपराधिक क्रियाकलापमा नलागेको पाइए एक पटकलाई सम्झाएर अभिभावकको जिम्मा लगाइने बताउनुभयो । आपराधिक क्रियाकलापमा संलग्नलाई भने कानुन अनुसार कारबाही हुने सुवेदीले जानकारी दिनुभयो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !