काठमाडौँ फागुन १४
जिल्ला अदालत झापाले पत्रकार यादव पौडेलको हत्यामा संलग्न भएको ठहर गर्दै स्थानिय होटल व्यवसायी युवराज गिरीलाई सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको छ । न्यायधिस गिरीराज गौतमको इजलासले पौडेलकै योजनामा हत्या भएको ठहर गर्दै सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको हो ।
अदालतले हत्यामा संलग्न भएको अभियोग लागेका फुलमाया भनिने मञ्जु ढकाललाई ३ वर्ष, उनका श्रीमान सोमनाथ ढकाललाई १ वर्ष र सहयोगी मदन राईलाई ६ महिना कैद गर्ने फैसला गरेको छ । पत्रकार पौडेलको गत चैत्र २१ गते राती बिर्तामोडको एक होटलमा कुटपिटपछि छतबाट खसालेर हत्या गरिएको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !