Headlines News :
Home » » विपाशाले भनिन्, ‘जोनलाई चिन्दिन’

विपाशाले भनिन्, ‘जोनलाई चिन्दिन’

३ बर्ष अघिसम्म बलिउडमा नायक जोन अब्राहिम र नायिका विपाशा बासुको प्रेमसम्बन्धको चर्चा बजारमा खुबै हुने गर्दथ्यो । विपाशा र जोन श्रीमान् श्रीमती जस्तै देखिन्थे । तर अहिले यि दुई बिचको सम्बन्ध पानी बाराबारको अवस्थामा छ । विपशासँगको प्रेम सम्वन्धबाट टाढिएपछि जोनले प्रेमिका भेटिसकेका छन् । तर विपाशा अझै पनि एक्लै रहेको बताइएको छ । तर विपाशा अझै पनि एक्लै रहेको बताइएको छ ।तर लामो समयसम्म प्रेम गरेको व्यक्तिलाई विपाशाले चिन्दिन भन्दा धेरै अचम्ममा परेका छन् । विपाशालाई जोनका बारेमा सोधिएको प्रश्नमा उनले तपाइहरु अरु नै प्रश्न सोध्नुहोस्, मैले नचिनेको व्यक्तिको बारेमा कसरी जवाफ दिनु भन्दै तर्कने कोशिश गरेकी थिइन् । उनले जोन अब्राहिम भन्ने व्यक्तिलाई आफुले कहिले पनि नचिनेको बताइन् । कुनै समय आफु भन्दा पनि धेरै माया गर्ने जोन आज एकाएक विपाशाका लागि अपरिचित व्यक्ति कसरी भए, त्यो आफैमा अनौठो छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com