Headlines News :
Home » » एमालेको बैठकमा अझै पनि विवाद, उपयोग गर्नुपर्ने खनालको जोड

एमालेको बैठकमा अझै पनि विवाद, उपयोग गर्नुपर्ने खनालको जोड


काठमाडौं, फाल्गुन ४
प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउनेबारे औपचारिक निर्णय गर्न एमालेको केन्द्रीय समिति बैठक जारी  छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार बनाउने पक्षमा उभिएका अध्यक्ष झलनाथ खनालको प्रस्तावमा केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएपछि बैठक लम्बिने भएको छ । एमाले बैठकका कारण दुई बजेका लागि तय भएको राष्ट्रपतिसँग दलहरुको छलफल अनिश्चित भएको छ ।
बैठकमा अध्यक्ष खनालले 'बाबुराम सरकार बर्खास्त गर्ने उपयुक्त समय भएको' भन्दै सम्झाउने प्रयास गरेका थिए । केन्द्रीय सदस्यहरुले भने दलीय व्यवस्था असफल भएको सन्देश जाने भन्दै असहमति जनाएका छन् ।
शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन मत बाझिएपछि केन्द्रीय समिति बैठक बोलाइएको छ । अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउने पक्षमा छन् ।
एमाओवादीको प्रस्तावमा खनाल र नेपाल सकारात्मक भए पनि महासचिव ईश्वर पोखरेल र नेता केपी शर्मा ओली विपक्षमा छन् । पोखरेल र ओलीलाई योगेश भट्टराई, घनश्याम भूसाललगायतका नेताहरुले साथ दिएका छन् ।
यद्यपी सर्वपक्षीय छलफलमा शीर्ष नेतृत्वले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन वचन दिएको स्रोतको दाबी छ । एमालेले औपचारिक निर्णय बाबुराम भट्टराई नेतृत्वको सरकारले राजीनामा दिनेछ भने प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा सरकार बन्नेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com