काठमाण्डौ फागुन ४,
५२ लाख जीएसएम मोवाइल विस्तार गर्न नेपाल टेलिकम र चीनको हुवा वे कम्पनीबीच सम्झौता भएको छ । टेलिफोनका उपकरण उपलब्ध गराई जडान, सञ्चालनमा ल्याउने र मर्मत सम्भारसमेत गर्ने सम्बन्धमा सम्झौता विहीवार सम्झौता भएको नेपाल टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्भौता पत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंह र हुवा वे कम्पनीका तर्फबाट सोलुसन म्यानेजर हुवाङ्ग आइहूवा तथा एकाउन्ट म्यानेजर रोशेन्द्र खड्काले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अन्तर्गत आपूर्ति हुने उपकरणहरु मध्यमाञ्चलमा काठमाण्डौ उपत्यका वाहिरका क्षेत्रहरु, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा जडान गर्ने कार्यक्रम रहेको छ । यो सम्झौता अनुसार हुवा वे कम्पनीले अत्याधुनिक प्रविधिका ५२ लाख जीएसएम मोवाइल टेलिफोनका सम्पूर्ण उपकरण उपलब्ध गराई जडान, सञ्चालन र मर्मत सम्भारसमेत गर्ने छ । यो सम्झौताको लागत अमेरिकी डलर ७ करोड ५५ लाख २९ हजार ५ सय ९८ र ३ अर्व ४८ करोड ५० लाख ६८ हजार ७ सय ४९ रहेको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा हुवा वे नेपालका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डेभिड नेपाल टेलिकमका नायव प्रवन्ध निर्देशकहरु, प्रवन्धकहरु र अन्य सम्वन्धित कर्मचारीहरुको उपस्थिति रहेको थियो । आफ्नो जार स्थितिलाई मजवुत गर्दै ब्यावसायिक सफलतालाई निरन्तरता दिने कम्पनीको उद्देश्य अनुरुप खरिद सम्झौता नेपाल टेलिकमले जनाएको छ । मूलुकको विकट ग्रामीण क्षेत्रमा समेत सूचना तथा सञ्चार प्रविधिको विकासमा योगदान पुर्याई कम्पनीलाई सामाजिक दायित्व निर्वाह गर्न पनि यो आयोजना महत्वपूर्ण हुने टेलिकमको अपेक्षा छ । नेपाल टेलिकमले गत वर्ष १ करोड जीएसएम मोवाइल खरिदको लागि “ए” र “बी” गरी दुई प्याकेजमा आह्वान गरेको ग्लोबल टेन्डरमा चिनिया कम्पनी जीटीइ, स्वीडिस कम्पनी इरिक्सन र अर्को चिनिया कम्पनी हुवा वे ले प्रतिस्पर्धा गरेका थिए ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !