काठमाण्डौं, फागुन ६
कमर्ज एन्ड ट्रस्ट बैंकले सर्वसधारणका लागि छुट्टयाएको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर आइतबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको छ । सेयर किन्न आगामी १० गते बिहीबार बैंकिङ समयसम्ममा मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
तर, बैंकले निष्कासन गरेको रकम संकलन नभएमा ढिलोमा फागुन २० गतेसम्म बिक्री खुला रहनेछ ।
तर, बैंकले कर्मचारीलाई ५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता र सामूहिक लागनी कोषलाई पनि त्यति नै प्रतिशत छुट्टयाइएको छ । बाँकी ५४ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता सयेर सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ । कोषलाई छुट्टयाएको ३ लाख कित्ता सेयरमध्ये सिद्दार्थ लगानी वृद्धि योजना-१ र नागरिक एकांक योजनालाई एकलाख ५० हजार कित्ताका दरले बाँडफाँड भइसकेको छ । बैंकले साधारण सेयर सदस्य बिक्रीका लागि देशभर ४१ संस्थालाई संकलन केन्द्र र १२ वाणिज्य बैंकलाई निष्कासन बैंक तोकेको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !