हामी कुनै पनि ठाउमा लाइनमा बस्नु पर्यो भने तँछाड र मछाड गर्छौं | सबैलाई हतार हुन्छ, मेरो पालो पहिले हो, म पहिले आ'को, तपाईं म भन्दा पछी आउनु भएको हो भनेर हल्लाखल्ला गछौं | पछी आउने मान्छे चाहिँ मेरो घरमा छिट्टै जानु पर्ने छ, मेरो सानो नानि छ, मेरो अफिस जानु छ हतार भैसक्यो, गाई भैंसी दुहुनु पर्ने छ ढिला भइसक्यो, टाढा जानु पर्ने छ भनेर धकेलेर अगाडी जना खोज्छौं | जतिसुकै कडाई गरे तापनि छेकेर साध्य हुँदैन| जतिसुकै शिक्षित र बुद्दिजिबी आए पनि सबैको पार उही हुन्छ | अझ ठुला नेता/उच्च पदाधिकारीको आगमन भयो भने त सबैले बाटो छोडेर अगाडी जान दिनु पर्ने हुन्छ |
तर, सबै ठाउँमा त्यस्तो कहाँ हुन्छ र ? कुनै ठाउँमा भने उनीहरुको आफ्नै अनुसासन हुन्छ | कसैलाई केहि भनि रहनु पर्दैन | सबैलाई नियमको बारेमा थाहा हुन्छ र पालना पनि गर्छन, मात्र यति हो कि कसरी सरल र सहि तरिकाले नियम पालना गर्ने भन्ने कुरामा मात्र फरक हुन्छ |
यस्तै अनुसासनको कुरा गर्दा थाइल्याण्डका मानिसहरुको छुट्टै अनुसासन छ | उनीहरु कुनै ठाउमा लाइनमा बस्नु पर्यो भने लाइनमा उभिदैनन् | उनीहरु आफुले लगाएको चप्पल/ जुत्ता आफू उभिनुपर्ने स्थानमा राखेर छेउको बस्ने बेन्च या कुर्सीमा गएर बस्छन र आफ्नो पालो न आउन्जेल पालो कुरेर बस्छन र हल्ला पनि गर्दैनन् | आफ्नो पालो नआउन्जेल कोहि पत्रिका पढेर बस्छन भने कोहि मोबाइल चलाएर बस्छन |
एकपल्ट तलको फोटो हेरौं र अनुमान लगाउँ !
एकपल्ट तलको फोटो हेरौं र अनुमान लगाउँ !


0 comments:
Speak up your mind
Tell us what you're thinking... !