Headlines News :
Home » » अवैध चाँदीसहित २ जना पक्राउ

अवैध चाँदीसहित २ जना पक्राउ


वीरगञ्ज, फागुन १४ - प्रहरीले वीरगन्जको घडीअर्वाबाट दिउँसो ठूलो परिमाणमा अवैध चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टाइगर मोबाइल टोलीले घडीअर्वा पोखरी पार्क नजिकैबाट दुई किलो ग्राम चाँदीको गहना सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको रक्सौलका जयकिशोर शर्मा र अभिषेक कुमार रहेका छन ।

रक्सौलबाट बी आर ०५ एफ ५०९२ नम्बरको मोटरसाइलमा सवार भइ चाँदीको गहना लिएर आउदै गरेको अवस्थामा प्रहरी सहायक निरिक्षक बासु खडकाको नेतृत्वमा खटिएको टोलीले दुवैलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई  चाँदीको गहना र मेटरसाइकलसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी सहायक निरीक्षक खडकाले जानकारी दिनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com