सुर्खेत, फागुन १४ - दाउरा काट्ने क्रममा रुखवाट लडेर सुर्खेतमा एक जनाको ज्यान गएको छ । बीरेन्द्रनगर ११ को धापकोलेरी सामुदायिक बनमा दाउरा कटने क्रममा रुखवाट लडेर इत्रामा खोला बस्ने ३५ बर्षिय बीरबहादुर शाहीको ज्यान गएको हो ।
रुखको टुप्पोमा काट्ने क्रममा उछिटएर चिउडोमा लागेपछि शाही भुईंमा खसेको प्रहरीले जनाएको छ ।
सामुदायिक बन काटछाट गर्ने क्रममा दिउँसोतिर रुखवाट लडेका शाहीको घटनास्थमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका असई खड्काबहादुर थापाल बताउनुभयो ।
शाहीको शवलाई पोर्टमार्टमको लागि अहिले मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउ राखिएको समेत उहाले जानकारी दिनुभयो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !