Headlines News :
Home » » क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै टीभी प्रशारण रोकिन सक्ने (फोटोफिचर सहित)

क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै टीभी प्रशारण रोकिन सक्ने (फोटोफिचर सहित)


शुक्रबार एक भयानक क्षुद्रग्रह पृथ्वीको निकै नजिकबाट पार हुनेछ । २०१२ डिए १४ नामको उक्त क्षुद्र ग्रह पृथ्वीमा ठोक्किने सम्भावना छैन । तर, यदि ठोक्कियो भने त्यसबाट उत्पन्न हुने उर्जा वा त्यसले गर्ने विनाश १ हजार वटा आणविक बम पडि्कए सरह हुने बताइएको छ ।

अमेरिकी अन्तरीक्ष संस्था नासाले यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना नरहेको भएपनि यो भुउपग्रहहरुका कक्षहरुसम्म भने पुग्ने बताएको छ ।

यो क्षुद्रग्रहले अन्तरीक्षमा रहेका कृत्रिम भु उपग्रहका कक्षमा असर गर्दा शुक्रबार विश्वभरका स्याटेलाइट टेलिभिजन प्रशारणको तरंगमा असर पुग्नसक्ने अनुमान गरिएको छ । साथै स्याटेलाइट टेलिफोन तथा मौसम पूर्वानुमानका लागि प्रयोग भएका भु उपग्रहको कक्षमा समेत यसले असर पुग्ने बताइएको छ ।

यो क्षुद्रग्रह १५० फिट चौडा रहेको बताइएको छ । यो क्षुद्रग्रह पृथ्वीको यति नजिकबाट पार हुनेछ की त्यो दुरी अहिलेसम्मकै सबैभन्दा कम हुनेछ । यो क्षुद्रग्रह पृथ्वीभन्दा २७ हजार ६ सय ८१ किलोमिटर माथिबाट पार हुने बताइएको छ ।

यो क्षुद्रग्रह गएको वर्ष स्पेनका एकजना खगोलविदले पत्ता लगाएका थिए । ५ माइल प्रति मिनेटको गतिमा हुइँकिने यो क्षुद्र ग्रह गोलीको गति भन्दा ८ गुणा तिब्र गतिमा हुइँकिनेछ । यो क्षुद्रग्रह खाली आँखाले नदेखिने र दुरबिनको सहायताले भने हेर्न सकिने खगोलविद्हरु बताउँछन् । सूर्यास्तपछि उत्तरपूर्वी क्षितिजमा यो क्षुद्रग्रह देखा पर्ने बताइएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com