बलिउड चर्चित नायिका प्रियंका चोपडाले बिहे गर्न लागेको खबरले अहिले बजार तातेको छ ।सन् २०१२ मा करिना कपुर, विद्या बालन, इशा देबल, जेनेलिया डिसुजा लगायतका चर्चित नायिकाहरुले बिहे गरेका थिए ।
नायिका प्रियंका चोपडाको घरमा उनको बिहेको बहस सुरु भएको छ । प्रियंकाका लागि उनको परिवारले युवकको खोजी गरिसकेको बताइएको छ ।प्रियंकाको सानिआमाले उनको लागि युवक खोजी सकेको बताइएको छ । ‘महादेव’ नामक सिरियलमा भगवान शिवको भुमिकामा देखिएका मोहित रैना प्रियंकाको परिवारको रोजाइमा परेको बताइएको छ । प्रियंकालाई पनि मोहित मनपर्ने बताइएको छ ।
तर यसबारेमा प्रियंका र मोहितले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । मोहित र प्रियंकाको परिवारबिच अहिले भेटघाट तिव्र भएको भारतिय संचारमाध्यमहरुले बताएका छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !