Headlines News :
Home » » ‘मानपदवी’ तक्मा बनाउँदा १० करोड खर्च

‘मानपदवी’ तक्मा बनाउँदा १० करोड खर्च

काठमाण्डौं फागुन १०,
सरकारले राष्ट्रिय योगदान पुर्‍याएका व्यक्तिलाई दिने तीन प्रकारका विभूषणमध्ये ‘मानपदवी’ को तक्मा बनाउन मात्रै १० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । हरेक बर्ष दिँदै आएको तीनमध्ये ‘अलंकार’ र ‘पदक’को तक्मा भने अझै बनाइएको छैन ।
विभूषण ऐन, २०६४ मा प्रत्येक बर्ष गणतन्त्र दिवस १५ जेठ मा ‘मानपदवी’, ‘अलंकार’ र पदक गरी तीन प्रकारका विभूषणको घोषणा गरिने व्यवस्था गरिएको राजधानी दैनिकमा खबर छ ।
ऐनअनुसार सरकारले पाँच पटक विभूषण घोषणा गर्नुपर्ने थियो, तर २०६७ र २०६९ सालमा मात्रै विभूषणा पाउने व्यक्तिको नाम र घोषणा गरिएको छ । जसमा मानपदवीको मात्रै तक्मा विवरण भएको छ ।
सरकारले विभूषण पाउने व्यक्तिहरुको नाम घोषणा गरेपछि राष्ट्रपतिबाट वितरण गरिन्छ । सरकारी तथ्यांक अनुसार २०६७ सालको ‘मानपदवी’ बनाउँदा ४ करोड र यस बर्षको ‘मानपदवी’ बनाउँदा ६ करोड ३४ लाख रुपैयाँ गरी कुल १० करोड ३४ लाख रुपैयाँ रकम निकासा गरिएको थियो । यो बर्ष ६ करोड ३४ लाख रुपैयाँ निकासा भएपनि अन्तिम हिसाब आउँन बाँकी रहेको गृहमन्त्रालयले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com