Headlines News :
Home » » पारस शाहको मृत्यु भएको हल्ला प्रचण्ड पुत्रले गरे

पारस शाहको मृत्यु भएको हल्ला प्रचण्ड पुत्रले गरे


हृदयघातका कारण बैंककमा अचेत अवस्थामा उपचार गराइरहेका पूर्वयुवराज पारस शाहको मृत्यु भएको हल्ला प्रचण्ड पुत्रले गरेका छन्।

यस्तो हल्ला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का सुपुत्र प्रकाश दाहालले सामाजिक सञ्जालको माध्ययमबाट चलाएका हुन् ।

पूर्व राजाको छोराको जस्तै अव्यवहारिक क्रियाकलामा गरेर सार्वजनिक जीवन बिताइरहेका प्रकाशले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहको मृत्यु भएको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।

प्रचण्डपुत्रले आफ्नो फेसबुक स्टाटसमा पारसको उपचारको क्रममा मृत्युभएको छ भन्दै श्रद्धाञ्जलीमात्रै दिएका छैनन्, प्रहरीको तारेख धाउँदा धाउँदै अल्पायुमै ज्यान गुमाएको समेत भनेका छन् ।

यसरी अस्पतालमा उपचार गराइरहेको व्यक्तिलाई प्रकाशले मृत्युको घोषणा गरेपछि नेपाल पत्रकार महासंघका महासचिवले सञ्चालन गरेको वेभसाइटले समेत ‘ज्ञानेन्द्रनिकट स्रोत’ को हवाला दिँदै पारसको मृत्यु भएको दाबी गरेपछि डाक्टरले स्वास्थ्य स्थिर रहेको र उपचार भइरहेको बताएका पारसबारे थप भ्रम फैलिएको छ ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com