अचानक हृदयघात भएपछि थाइल्यान्डमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको स्वास्थ्य गम्भिर भएपछि हिमानी बैंकक तर्फ उडेकी छन।थाइल्यन्डको समितिभेज अस्पतालमा उपचार गराइरहेका शाहको स्वास्थ्य खराब भएको खबर प्राप्त भएलगत्तै शुक्रबार दिउँसो १:५० बजेको उडानबाट पारसकी पत्नी पूर्व युवराज्ञी हिमानी थाईएयरको विमानबाट बैंकक प्रस्थान गरेकी हुन । अस्पताल स्रोतलाई उदृत गर्दै थाइल्यान्डस्थित नेपाली दुतावासले पारसको स्वास्थ्य अन्त्यन्तै नाजुक भइसकेको जानकारी दिएसँगै पारसको मृत्यु भएको हल्ला सार्वजनिक भएको छ । औपचारिक रुपमा अस्पताललले भने पारसको मृत्यु भएको सार्वजनिक गरेको छैन् ।
शुक्रबार बिहानबाट शरीरका सबै अंगले काम गर्न छाडिसकेको अस्पताल स्रोतलाई उदृत गर्दै दूतावासले बताएको छ ।
दुई वर्षअघिदेखि बैंककमा बस्दै आएका पारसको स्वास्थ्य अवस्था अन्त्यन्त चिन्ताजनक भएको सार्वजनिक गरेको हो । अस्पतालले पारसलाई मृत घोषणा नगरे पनि पारश साहको निधन भएको खबर सार्वजनिक भइसकेको छ । पारस निकट स्रोतले समेत पारसको स्वास्थ्य नाजुक भएको बताएको छ । पारसको मुटुको चाल र रक्तचाप स्थिर छ, मस्तिष्कले राम्रो प्रतिक्रिया दिन सकेको छैन । अस्पताल स्रोतले निधनको घोषणा गर्नु भन्दा पहिला आफन्तलाई बोलाउँने प्रक्रियामा साथ दिएको समेत स्रोतले बताएको छ ।
मंगलबार दोस्रोपटक हृदयघात भएका पारसबारे विभिन्न अनलाइनले निधनको समाचार लेखिसकेका भए पनि अस्पतालले यो समाचार तयार पार्दासम्म मृत्युको घोषणा गरेको छैन । उपचारका क्रममा पारसलाई आइसियुबाट सिसियु कक्षमा सारिसकिएको थियो ।
पारसको उपचार भइरहेको अस्पतालले शुक्रबार बिहानै देखि कसैलाई भेट गर्न नदिएको समेत बैंककस्थित कार्यवाहक राजदूत डोरनाथ अर्यालले जानकारी दिएका छन ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !