पोखरा, फागुन १२ – कास्कीको हेम्जामा भएको ट्याक्सी दुर्घटनामा गायक प्रमोद खरेल घाईते भएका छन् । पर्वतमा भएको साँगितिक कार्यक्रममा सहभागि भएर पोखरा फर्किँदै गर्दा हेम्जाको फेदीमा ग १ ज ४२ ३५ नम्बरको ट्याक्सी सडकबाट तल खस्दा खरेल घाईते भएका हुन् ।
घाईते खरेलको कुम र टाउकोमा चोट लागेको छ । कार सडकबाट करिब १० मिटर तल खसरे स्थानीय एक घरमा ठोक्किएको थियो ।
खरेललाई पोखराको चरक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !