मुम्बई, फागुन ९
भारतको मुम्बईमा तीनजना दिदीबहिनीको बलात्कारपछि हत्या भएको समाचार छ । पश्चिीमी भारतको एक ग्रामीण इलाकामा सो दर्दनाक घटना भएको भारतीय सञ्चारमाध्यमहरुले वुधवार जनाएका छन् ।
प्रहरीले ती दिदीबहिनीको बलात्कार गरी हत्या गरिएको प्रमाण भेटेको छ । उनीहरुलाई हत्यागरी गाडिएको अवस्थामा प्रहरीले भेटेको पनि समाचारमा जनाइएको छ ।
ती बालिकाहरु छ देखि ११ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ । ती स्कुले छात्रा विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा गत फेब्रुअरी १४ तारिखमा हराएका थिए । उनीहरुको खोजी कार्य जारी राखेको प्रहरीले गत हप्तामात्र गाडिएको अवस्थामा उनीहरुलाई भेटेको बताएको छ ।
महाराष्ट्र राज्यको बहान्दा जिल्लामा ती बालिकालाई बलात्कारपछि हत्या गरिएको र गाडिएको अवस्थामा भेटिएको प्रहरी उपरीक्षक आरती सिंहले जानकारी दिनुभयो ।
ती बालिकाको शव विद्यालयको पोशाक, झोला र खाजाका साथमा भेटिएको ती प्रहरी अधिकारी सिंहले बताउनुभयो । पोष्टमर्टम प्रतिवेदनले ती बालिकालाई बलात्कारपछि हत्या गरिएको पुष्टि भएको पनि प्रहरीले जनाएको छ ।
सो दर्दनाक घटनाको अनुसन्धान व्यापक मात्रामा भएको प्रहरीले जनाएको छ । तर अहिलेसम्म दोषी पत्ता लागिनसकेको बताइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चारजनालाई नियन्त्रणमा लिइएको तर उनीहरु नै दोषी किटान भने नभइसकेको प्रहरीले जानकारी दिएको छ ।
गत डिसेम्बर महिनामा मात्र भारतको नयाँ दिल्लीमा एकजना २३ वर्षीया युवतीमाथिको बलात्कार र हत्याका कारण देशव्यापी रुपमा विरोध प्रदर्शन भएको थियो ।

त्यसपछि भारत सरकारले बलात्कारीलाई त्यसको प्रकृति हेरेर मृत्युदण्डको कारबाही पनि हुनसक्ने कानुन बनाएको छ । भारतमा व्यापक मात्रामा उर्लिएको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा बलात्कारीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग हुँदै आएको छ ।
तर बलत्कारका घटनामा भने कमी आएको छैन । यो पछिल्लो घटनाका विरुद्धमा पनि उक्त जिल्लामा गाउँलेहरु आन्दोलित भएको बताइएको छ । - रासस/एएफपी
तर बलत्कारका घटनामा भने कमी आएको छैन । यो पछिल्लो घटनाका विरुद्धमा पनि उक्त जिल्लामा गाउँलेहरु आन्दोलित भएको बताइएको छ । - रासस/एएफपी

0 comments:
Speak up your mind
Tell us what you're thinking... !