Headlines News :
Home » » ग्यासकार्ड भर्नेको संख्या ह्वात्तै बढ्यो

ग्यासकार्ड भर्नेको संख्या ह्वात्तै बढ्यो


काठमाडौ, फागुन ९ – सरकारले दुई रङ्गका ग्यास सिलिण्डर लागु गर्ने भएपछि ग्यास कार्ड भर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।

काठमाडौ उपत्यका सहित बुटवल, नवलपरासी, जनकपुरबाट कार्ड भर्नेहरुको संख्या उल्लेख्य रहेको ग्यास बिक्रेता महासंघले जनाएको छ ।

१ लाख ८० हजार भन्दा बढी कार्ड संकलन भइसकेको र ती कार्डहरु प्रमाणीकरणका लागि आयल निगमलाई बुझाइसकिएको महासंघका महासचिव महेश्वर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मंगलबार मात्रै नवलपरासीबाट झण्डै १० हजार कार्ड आएको छ ।

प्रमाणीकरणका लागि कार्ड आउने क्रम बढेपछि त्यसको अभिलेख राख्न छुट्टै टोली बनाइएको निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले बताउनुभयो । अभिलेख राखेपछि निगमकै कर्मचारीले कार्ड प्रमाणीकरण गर्नेछन् ।

त्यसपछि त्यो कार्ड सम्बन्धित ग्यास डिपोमा पठाइनेछ । सबै उपभोक्ताले ग्यास कार्ड भरेपछि दुई रङ्गका सिलिण्डर कार्यान्वनमा ल्याउने तयारी भएकाले प्रमाणीकरणको काम तीव्र पारिएको निगमले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com