दुर्घटनापछि क्षतिपुर्तिमा बार्गेनिङ बढ्दो
काठमाडौ, फागुन ११ – गाडी दुर्घटना भएपछि सम्बन्धित गाडीधनीले दिने क्षतिपूर्तिमा बार्गेनिङ गर्ने प्रवृत्तिका कारण समस्या बढेको व्यवसायीले गुनासो गरेका छन् ।
दुर्घटनामा क्षतिका लागि तेश्रो पक्ष बिमा व्यवस्था लागू भएपनि बार्गेनिङ गरेर धेरै रकम माग गर्ने प्रवृत्ति बढेकाले मर्कामा परेको उनीहरुको भनाई छ ।
२०६६ सालमा बिमा ऐनमा संसोधन भएपछि दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ५ लाख रुपैयाँ, घाइतेलाई २ लाख र यात्रुको ज्यान गए १ लाख रुपैयाँ सम्बन्धित गाडीधनीले दिनुपर्ने व्यवस्था गरिएको हो ।
यो व्यवस्था उपत्यका बाहिर ७० प्रतिशत लागू भएपनि उपत्यकामा भने ५ प्रतिशत पनि लागू नभएको यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । दुर्घटनामा ज्यान गए २५ हजार रुपैयाँ तत्कालै र आवश्यक प्रक्रिया पुर्याई २१ दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत पीडित आफन्तलाई दिनुपर्ने व्यवस्था छ ।
तर उपत्यकाका तीन जिल्लामा तत्कालै ५ लाख नगद नै लिएर जानुपर्ने, प्रशासनले वार्तामा पीडित र व्यवसायीलाई भिडाइदिने र व्यक्तिगत बार्गेनिङ बढी हुने गरेकाले समस्या आएको सिटौलाले बताउनुभयो । यातायात व्यवस्था कार्यालय बागमतीका प्रमुख तुलसी गौतमले नियम अनुसार तोकिएको भन्दा बढी रकम तिर्न व्यवसायी बाध्य नहुने भएकाले तेश्रो पक्ष बिमाको विषयमा कुनै समस्या नरहेको बताउनुभयो ।
Labels:
social

0 comments:
Speak up your mind
Tell us what you're thinking... !