Headlines News :
Home » » पर्खाल भत्किँदा वालिकाको ज्यान गयो

पर्खाल भत्किँदा वालिकाको ज्यान गयो

बर्दिया, फागुन ११ – पर्खाल भत्किएर थिच्दा बर्दिया गुलरिया ६ मा ८ वर्षिया एक वालिकाको ज्यान गएको छ ।

बिहीबार वेलुकी साथीहरुसित खेलिरहेका बेला छिमेकीको पर्खाल भत्किँदा घाइते भएकी स्पन्दन आचार्यको अस्पताल लैजादै गर्दा ज्यान गएको हो । उनीसंगै खेलिरहेका अन्य साथिहरुलाई पनि सामान्य चोट लागेको    छ ।

पत्रकार यादब आचार्यको छोरी स्पन्दनको ज्यान गएको घटनाप्रति नेपाल पत्रकार महासंघ बर्दिया शाखाले विज्ञप्तिमार्फत दुख ब्यक्त गरेको छ । सडक स्तरोन्नति गर्न गुलरिया नगरपालिकाले स्काभेटर लगाएर नाली खन्दा नजिकैको पर्खाल कमजोर भएर ढलेको हुन सक्ने स्थानीय वासिन्दाको अनुमान छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com