काठमाडौ, फाल्गुन ८
बन्दकर्ताले आज बिहान सवेरै यहाँ प्रेसका दुई वटा गाडी तोडफोड गरेका छन् ।
नेकपा–माओवादीले आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि बन्दआह्वान गरेको घोषणा गरेको भए तापनि ती गाडीहरु ६ बजेभन्दा अगाडि नै तोडफोड गरिएको छ ।
बन्दआह्वानकर्ताले सञ्चारकर्मीलाई लिएर आएको कान्तिपुर टेलिभिजनको गाडी नयाँ बानेश्वरमा र सगरमाथा टेलिभिजनको गाडी मध्यबानेश्वरमा बिहान ५ः३० बजे नै तोडफोड गरेका थिए ।
महानगरीय प्रहरी प्रवक्ता हेमन्त पालका अनुसार बन्द कर्ताले बिहान ५:३० बजेको हाराहारीमा सोह्रखुट्टे नजिकै पर्यटक बोक्ने एउटा ट्याक्सी, वनस्थली ढुङ्गेधारा र जोरपाटीमा एक एक वटा माइक्रोबस तोडफोड गरेका थिए ।
नेकपा–माओवादीले बन्दको समयमा प्रेसका गाडी, दूध बोक्ने गाडी एम्बुलेन्समाथि तोडफोड नहुने भनेर हिजो साँझ प्रेस विज्ञप्ति जारी गरे तापनि बन्द आह्वानकर्ताले पार्टीको घोषणाविपरीत गएर प्रेसलगायतका गाडीमाथि तोडफोड गरेका हुन् । रासस

0 comments:
Speak up your mind
Tell us what you're thinking... !