तनहुँ, फागुन १३- चाउँचाउ र अण्डा पकाएर सँगै खादाँ तनहुँमा एक जनाको मृत्यु भएको छ भने एक जना बरामी परेका छन्। खाजाको रुपमा चाउचाउ र अण्डा खादाँ शनिबार दुलेगौडा-२, नर्सरीका ४५ वर्षीय नरबहादुर पुनको मृत्यु भएको र उनकी १६ वर्षीया छोरी प्रगति पुन बिरामी परेको इलाका प्रहरी कार्यालय, बेलचौताराले जनाएको छ।
बिहान ११ बजे ओहो चाउचाउ र अण्डा पकाएर खाएपछि बेहोस भएका बाबु छोरीलाई उपचारका लागि सेतीगंगा सामुदायिक अस्पताल लगिएकोमा बाबुको थप उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी नायब निरीक्षक कर्णबहादुर केसीले बताए। चाउचाउ र अण्डा खाँदा बेहोस भएकी प्रगतिको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त भएको र घटनाको थप अनुसन्धान भइरहेको केसीले बताए।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !