सोलुखुम्बु, फागुन १३- भनिन्छ मायाँ दुई मुटुको मिलन हो। मायामा जातजाती, धनी गरीब केही भनिदैन, न त्यहाँको समाजको डर हुन्छ न त घर परिवारको नै। यस्तै भावनामा जीवन बिताउने कसम खाई एक अर्कामा समर्पित भएको एक जोडीको जीवन यात्राले यतिबेला अर्कै मोड लिएको छ।
सोलुखुम्बुको काँगेल गाबिसका तेजेन्द्र कटुवाल तथा भोजकुमारी अधिकारी कटुवाल २०६८ सालको चैत्रमा एक अर्काको प्रेममा बाँधीएका थिए। खोटाङको जलेश्वरी ६ घर भएकी भोजकुमारी सोलुखुम्बु काँगेल घर भएको तेजेन्द्रको जाली मायाँमा परेर गर्भ बसेपछि प्रसुतिका लागी यतिबेला फाप्लु अस्पतालमा छिन्। शुक्रबार अबेरमात्रै उनले धर्तीमा छोरीको जन्म पनि दिईसकेकी छिन्। तर तेजेन्द्र भने जन्मिएको बच्चा आफ्नो नभएको भन्दै उनकी आमा सहित यत्तिबेला काठमाडौमा छन्। घर परिवारले पुर्ण रुपमा तिरस्कृत भएकी उनी छीमेकी साथी कल्पना कार्कीको सहयोगमा पेटमा रहेको बच्चालाई जन्म दिन फाप्लु अस्पतालमा ३ दिन देखी छट्पटाईरहेकी छिन्।
भोजकुमारीकी साथी कल्पनाले हिम्मतका साथ अस्पताल ल्याउदै गर्दा प्रहरी तथा महिला हिंसा प्रभाबितका लागी जील्ला सेवा केन्द्र सोलुखुम्बु , महिला बिकास कार्यालयको पनि बिशेष सहयोगमा उनी सहजै छोरीलाई जन्म दिन सफल भईन। तर प्रसुतिका लागी सहयोग गरेको भन्दै कल्पनालाई उनको पति तेजेन्द्रले काठमाडौबाट फोन गर्दै धम्की दिने गरेका छन्। 'मलाई उसको श्रीमानले किन सहयोग गरेको? त्यसलाई त्यत्तिकैमा छोड्दै भन्दै धम्कि दिने गरेको छ' अस्पतालमा भोजकुमारीलाई रुगिरहेकी कल्पनाले भनिन्।
तेजेन्द्रले आफ्नो गर्भ नभएको भन्दै तर्कीन खोजे पनि गत मंसिरमा प्रहरीको उपस्थीतिमा पत्निको रुपमा स्वीकारेका थिए। उनको परिवारमा श्रीमान र सासु मात्रै छन्। छोराले अन्तरजातिय विबाह गरेको भन्दै छोरोलार्य समेत भगाएर उनीहरु दुबै जना काठमाडौ बस्न थालेको पनि लामो समय भैसकेको छ। भोजकुमारीलाई घर नजिकै एक झुपडिमा राखिदिएका थिए। भोजकुमारीको खोटाङको जलेश्वरीस्थीत माईती तर्फ पनि यो जानकारी पुगीसकेको छ। तर त्यहा पनि माईति ले त्यत्ति वास्ता गरेका छैनन। 'माईति तर्फकै हजुरआमाले भने अस्पताल आउने आश्वासन दिएकी थिईन, तर कोही पनि फर्किएर आएका छैनन्' उनकी साथी कल्पनाले भनिन्।
यता घरेलु हिंसाप्रभाबितका लागी जिल्ला सेवा सोलुखुम्बुकी अध्यक्ष एका कुमारी बस्नेतले पनि उनलाई आबश्यक सहयोय जारी राख्ने बताईन्। 'हाम्रै पहलमा उनलाई अस्पतालमा ल्याएर राखिएको हो, विपदमा परेकालाई सहयोग गर्ने हाम्रो काम जारी रहने छ' अध्यक्ष एकाकुमारी बस्नेतले भनिन्।
प्रहरी तथा गाउलेको माझमा श्रीमतिको रुपमा स्वीकार्ने तर प्रसुति हुने बेलामा फरार रहेका श्रीमान तेजेन्द्रको खोजि कार्य भैरहेको प्रहरीको भनाई छ। 'हामीले उसलाई खोजिरहेका छौँ, यदी उ हाम्रो सम्पर्कमा नआए नियन्त्रणमा लिई कार्बाही अगाडी बढाउछौँ' जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुदन सिंह बस्नेतले बताए।
यसरी समाजमा श्रीमतिको रुपमा स्वीकार्ने तर भर्खरै जन्मिएको तर गर्भमा रहे देखी नै नस्वीकार्दा उनले असल पतिको धर्म भने निभाउन नसकेको भन्दै महिला अधिकारकर्मी आक्रोसित भएका छन्।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !