समाचार लेखनमा असन्तुष्टी जनाउदै सुमिना घिमिरेले पत्रकारको टाउको काट्ने धम्की दिएकी छिन् । अनलाईनखबरमा कार्यरत विजय आवाजलाई सुमिनाले हिजो साँझ साढे पाँच बजेको समयमा टाउको एकातिर र खुट्टा अर्कोतिर पारिदने भन्दै धम्की दिएकी हुन् ।
चलचित्र पत्रकार संघका कार्यसमिति सदस्य समेत रहेका आवाजलाई अपशब्द प्रयोग गर्दै सुमिनाले यस्तो धम्की दिएकोमा संघका अध्यक्ष विदुर गिरीले घोर आपत्ती जनाएका छन् । यो बिषयमा अध्यक्ष गिरीले भनेका छन्- 'समाचार लेखेकै कारणले ज्यान मार्ने धम्की दिनु अलोकतान्त्रिक भयो । यदि समाचार गलत थियो भने खण्डन गर्ने वा कप्लेन गर्ने अरु निकाय थिए । त्यसैले यो बिषयलाई संघले गम्भीरता पूवर्क लिएको छ ।'
यता फिल्म नाईन ओक्लकको प्रोमोशनका लागि हाल इटहरीमा रहेकी नायिका घिमिरेले यस बिषयमा प्रतिक्रिया दिंदै भनिन्- 'उसले मेरो व्यक्तिगत जीवनमा आँच आउने गरी समाचार लेखेको हुनाले यस्तो बोल्न बाध्य भएकी हुँ ।' यता पत्रकार आवाजले भने नायिकाको व्यक्तिगत जीवनमा आँच आउने गरेर समाचार नलेखेको बताए । उनले भने- 'जे यथार्थ हो त्यो समाचार लेखेको छु जुन हामीले लेख्न पाउने अधिकार पनि छ ।'


0 comments:
Speak up your mind
Tell us what you're thinking... !