Headlines News :
Home » » ६२ घण्टा टक शो सञ्चालन गरेर रवि लामिछानेद्वारा विश्व किर्तिमान

६२ घण्टा टक शो सञ्चालन गरेर रवि लामिछानेद्वारा विश्व किर्तिमान

सञ्चारकर्मी रवि लामिछानेले लगातार ६२ घण्टा १२ मिनेट टक शो सञ्चालन गरेर विश्व किर्तिमान राखेका छन् । ‘विश्वले चिन्नेछ नेपाल’ भन्ने नारासहित विहीवार विहान साढे १० बजे सुरु भएको उनको टक शो शनिवार राती १० बजेर ४३ मिनेटमा सकिएको थियो । लामिछानेले ६० घण्टा टक शो सञ्चालन गरेका थिए । तर ६० घण्टाका बीचमा हरेक घण्टा ५ मिनेट विश्राम लिन पाइने भए पनि लामिछानेले बिश्राम नलिएका कारण उनको त्यो समय पनि किर्तिमानमा जोडिएको हो । लङ्गेस्ट म्याराथन टेलिभिजन टक शो नाम दिइएको यो कार्यक्रम एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ताबाट सुरु भएको थियो भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात मह जोडीसँगको अन्तर्वाताबाट समापन गरिएको थियो । यसअघि सबैभन्दा लामो टेलिभिजन कार्यक्रम ५२ घण्टाको छ । युक्रेनका पाभ्लो कुज्जेयभ र टेटियाना डन्यलेन्कोले च्यानल फाइभको स्टुडियोमा लगातार ५२ घण्टा अन्तर्वार्ता लिएर सन् २०११ मा बनाएको किर्तिमानलाई लामिछानेले भंग गरेका हुन् । लामिछानेको यो किर्तिमानलाई गिनिज बुक्स अफ वर्ल्ड रेकर्डसले मान्यता समेत दिइसकेको छ । वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वभर फैलाउन लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन कार्यक्रम थालेका थिए । कार्यक्रम निरिक्षणका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधि काठमाडौं आएका थिए भने कार्यक्रममा खेलाडी, कलाकार राजनीतिज्ञ, व्यापारीलगायतलाई अतिथिका रुपमा निम्त्याइएको थियो । कुनै बेलाका चर्चित टेलिभिजन प्रस्तोता ३६ वर्षिय लामिछाने अमेरिकाको बाल्टिमोरमा रहेको एक रेस्टुरेन्टमा व्यवस्थापक छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com