१७ वैशाख, काठमाण्डौ । यस वर्षको कक्षा १२ को परीक्षासुरु भएको छ । परीक्षाको पहिलो दिन मंगलवार अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । उच्चमाध्यमिक शिक्षा परिषद्का अनुसार कक्षा १२ को परीक्षामा तीन लाख ९८ हजार १ सय १५ जना सहभागी भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा आगामी २९ गतेसम्म चल्ने छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी गरी ३० हजार र ११ कक्षाका लागि केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी गरी ३१ हजार ४ सय ४४ जना खटाइएको नियन्त्रक अर्यालले वताउनुभयो । परीक्षा लागि तीन हजार ५ सय ९६ विद्यालयमा ९ सय ३२ परीक्षा केन्द्र तोकिएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !