Headlines News :
Home » » डिभिजन थ्री क्रिकेटमा नेपालको लगातार दोस्रो हार

डिभिजन थ्री क्रिकेटमा नेपालको लगातार दोस्रो हार


१७ बैशाख, काठमाण्डौ । बर्मुडामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको आफ्नो खेलमा नेपाल युगाण्डासंग ६ विकेटले पराजित भएको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले ४४.२ ओभरमा सवै विकेट गुमाएर १ सय १६ रन मात्र बनायो ।

नेपालका लागि प्रदिप ऐरीले २४, शक्ति गौचनले २१, पृथु बास्कोटा तथा विनोद भण्डारीले समान १८ र ज्ञानेन्द्र मल्लले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमृत भट्टराई र शरद भेष्वाकर खाता नै नखोली पेविलियन फर्किए ।

१ सय १७ को सामान्य लक्ष्य पछ्याएको युगाण्डाले २७ ओभर खेल्दै ४ विकेटको क्षेतिमा लक्ष्य भेट्टायो । उसका लागि रोगार मुकासले अविजित ४९ तथा बेन्जामिन मुसोकेले २२ रनको योगदान दिएका थिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com